‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन’ भन्ने नारा सहित २२ औं अन्तर्राष्ट्रिय युवा दिवस पञ्चपुरीमा मनाईएकाे छ । आवाज संस्थाकाे अायाेजनामा पञ्चपुरीका विभिन्न वडाहरुमा युवा दिवश विभिन्न कार्यक्रम गरि मनाईएकाे हाे ।
पञ्चपुरी नगरपालिका भित्रका वडा नं १ देखि ६ सम्मका युवाहरुले सरसफाइ तथा बृक्षाराेपण कार्यक्रम गरेको सामाजिक परिचालक काेकिला कठायतले जानकारी दिनुभएको छ ।

त्यसैगरी महिला बालबालिका बिशेष गरि किशोरीहरुलाई शसक्तिकरण गरि सेवामा पहुच, अधिकारकाे सुरक्षित तथा संरक्षण गर्ने परियाेजना अन्तरगत पञ्चपुरी वडा नं ८ काे जनजागृत आधारभुत बिद्यालयकाे प्राङ्गणमा सरसफाइ गरिएको छ ।
स्थानीय शिक्षक, युवा क्लव, बालसमुहले सरसफाइ कार्यक्रम गरेका हुन । मिजारियाे, केजेटई र टिडिएच जर्मनीको सहयाेगमा परियाेजनाले पञ्चपुरीका थप ७, ८, ९, १० र ११ वडामा कार्यक्रमकाे सुरुवात गरेकाे छ । नया कार्यक्रम सुरुवात भएको वडाहरुमा वालसमुह, युवा क्लव र महिला समूहहरु गठन गर्न लागिएको सामाजिक परिचालक कल्पना नेपालीले जानकारी दिनुभएको छ ।

आवाज संस्थाले बिगत देखिनै पञ्चपुरीमा महिला बालबालिका र युवाहरुका लागि कार्यक्रम गर्दै आएकाे छ ।