अपाङ्गता उत्थान केन्द्र पञ्चपुरीकाे साधारणसभा सम्पन्न

17 पटक हेरिएको

२७ साउन सुर्खेत ।
अपाङ्गता उत्थान केन्द्र पञ्चपुरीको पहिलो साधारण सभा आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको भेलामा साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभामा अपाङ्गता उत्थान केन्द्रले गरेका काम तथा आगामी योजनाका बारेमा जानकारी समेत दिइएको छ । साधारण सभामा बोल्दै पञ्चपुरी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं २ का अध्यक्ष याम बहादुर बिसीले समुदायमा अपाङ्गता भएका व्यक्तिले गरेको काम एकदमै प्रशंसनीय रहेको बताउनुभएको छ । सधैँ उहाँले आगामी दिनहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरपालिकाले यस अघिदेखि काम गरेको स्मरण गराउँदै आर्थिक रूपमा पनि अपाङ्गता भएका व्यक्ति सक्षम हुन जरुरी रहेको बताउनुभएको छ। साथै भण्डारीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरेका कामको सबैले समुदायमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । आइएनएफ सुर्खेतको सहकार्यमा पञ्चपुरीका विभिन्न वडाहरूका अपाङ्गता भएका व्यक्तिहरूका लागि सामग्री वितरण परिचयपत्र वितरण आयआर्जनमा सहयोग आवास निर्माण तथा भौतिक संरचना निर्माणमा सहयोग गरेको समेत बताउनुभएको छ। साधारण सभा अपाङ्गता उत्थान केन्द्रका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न भएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...