पछिल्लो २४ घण्टामा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि,

106 पटक हेरिएको

पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ ।

अहिले नेपालमा पाँच हजार सात सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...