हिजोको भन्दा आज धेरै पानी पर्ने, भोलिदेखि मनसुन थप सक्रिय हुने

आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भोलिदेखि भने मनसुन थप सक्रिय हुने भएकाले धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...