चिसापानी सोल्टा सडक खण्डमा अब नियमित गाडी सञ्चालन हुने,

71 पटक हेरिएको

लगातारको बर्षातले बन्द रहेको चिसापानी सोल्टा सडक खण्डमा अब नियमित गाडी सञ्चालन हुने भएका छन । कैलालीको मोहन्याल गाउपालिका उपाध्यक्ष कमल सावदले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जनताको समस्यालाइ मध्यनजर गर्दै आफु निरन्तर अबरुद्ध सडक खुलाउनमा लागि पर्ने बताएका छन ।
सावदले फेसबुकमा यस्तो लेखेका छन,
लगातारको भीषण बर्षाका कारण चिसापानी सोल्टा सडक खण्ड पहिरोले चार दिन देखि अबरुद्ध भएको सबैलाई जानकारी छ । निरन्तर बर्षा भैरहेको हुनाले बर्षा रोकिना साथ बाटो सुचारु गर्ने कुरामा कुनै संका थिएन मैले अघिल्लो बर्षमा पनि आफै खटिएर आफ्नो ब्याक्तिगत पैसा खर्च गरेर भएपनी बाटोलाइ सुचारु गरेको सबैलाई जानकारी नै छ । हो म उपाध्यक्ष हु मेरा केही निश्चित अधिकार छन मैले पालिकामा चाहेर पनि सबै सकारात्मक काम गर्न रोक्ने र असफल बनाउने प्रयास भएपनी मेरो ईच्छा शक्तिलाई कसैले रोक्न सक्दैन ।
कुइने सोल्टा सडक खण्ड आज बाट काम सुचारु हुने छ भने अबदेखि निरन्तर पहिरो हटाउन र बाटो अबरुद्ध हुन नदिनकालागी स्काभेटर नियमित फिल्ड्मै रहने जानकारी गराउदछु ।
पालिकाबाट इन्धन उपलब्ध गर्न सकिँदैन भन्ने जवाफ पाएपछि मैले माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यु संग आग्रह गरेको थिए जनताको दुखलाइ बुझि निरन्तर स्काभेटर बर्षा भरी त्यही रहने गरि ब्यबस्था मिलाइ दिनुभएकोमा माननीय मुख्यमन्त्री ज्यु लाई हृदय देखि धेरै धेरै धन्यवाद छ ।
जय नेपाल ! जय मोहन्याल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...