कोभिड–१९ सेल्फहेल्प समूहको आयव्यय विवरण सार्वजनिक,

कोरोना भाइरस (कोभिड–१९)को दोश्रोलहरको महामारीमा ‘अक्सीजन सिलीन्डर का लागि मेरो एक हजार अभियान’ सुरु गरेको कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन भएको छ ।

देशैभर कोरोनाको दोस्रो लहर तिव्र गतिमा फैलिएको समयमा कर्णालीका युवाहरुको समूहले अभियानको सुरुवात गरेका थिए ।

नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा सुरु भएको अभियानमा खगेन्द्र पुरी, प्रवाश कुमार शाक्य, मिलन श्रेष्ठ धर्मराज आचार्यको सहभागिता रहेको थियो । अभियान अन्तर्गत सुदिप पुरीको खातामा ३ लाख ९४ हजार ४ सय ९५, मिलन श्रेष्ठको खातामा ५ लाख ४६ हजार ९ सय ५१, धर्मराज आचार्यको खातामा ७७ हजार ८ सय २२ रुपैयाँ र टिमले सुरुवात गरेको सनराईज बैंकको खातामा २ लाख ४२ हजार १ सय ६७ रुपैयाँ जम्मा भएको संयोजक पुरीले जानकारी दिनुभयो ।

जम्मा भएको रकम मध्ये कर्णाली प्रदेश अस्पतालमा ८ दिन सम्म दैनिक १ सय रुपैयाँका दरले १ सय ५० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई १ लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सीजन सिलिण्डर रिफील खर्च ७६ हजार ८ सय ४२, अक्सीजन सिलिण्डर खरीद एक थान २५ हजार, अक्सीमिटर तथा सेनीटाईजर खरीद ४५ हजार ६ सय, ६ वटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७ सय भएको संयोजक पुरीले बताउनुभयो ।

अभियानले किनेको एक थान सिलीन्डर र १० थान अक्सोमिटर बचेको भन्दै उनले कोरोना पुन जोखिम बढेकाले सहयोग स्वरुप वितरण गर्ने बताइएको छ । कुल संकलित रकम मध्ये ३ लाख ५५ हजार ३ सय ४२ रुपैयाँ खर्च भएको तथा ८ लाख ८४ हजार ४ सय १८ रुपैयाँ समूहको खातामा जम्मा भएको भन्दै अभियानले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...