मोहन्याल गाउपालिका वडा नम्बर ३ राङ्गामलेखामा साउन १७ गते डुङ्गा दुर्घटना बाट ज्यान गुमाए का परिवार लाई मोहन्याल गाउपालिकाले जनही १/१ लाख राहत स्वरुप सहयोग गर्ने निर्णय कार्यपालिका बैठकद्वारा गरेको छ।
मृतक धनसरी सलामी मगरको बाच्न सफल भएको २४ कर्ण सलामी को पालन पोषण लागि पनि १ लाख सहयोग गरेको छ।वडा नम्बर ५ का मृतक २ जनालाई पनि १/१ लाख सहयोग गरेको छ। मोहन्याल गाउपालिका को नया प्रशासनिक भवन कार्यलय खिमडी मै निर्माण गर्ने र तत्काल ठेक्का आव्हान गर्ने दशै सम्म शिलान्यास गर्ने वडा नम्बर २ का अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिनु भएको छ।
दुर्घटना मा परेका ५ जना महिला ३ बालबालिका र २ चालक सहित १० जना सवार रहेका थिए ।नवीन ढेङ्गामगर र उनको श्रीमती प्रेमिका ढेङ्गामगर र दिनेश आले मगर उनको ४ महिनाको छोरा शुसान्त र श्रीमती हर्चना आले मगर पौडीयर बाच्न सफल भएका थिए ।