सुर्खेतकाे चाैकुनेमा पेस्तोल सहित २ जना पक्राउ,

193 पटक हेरिएको

२५ साउन, सुर्खेत

सुर्खेतको चौकुने गाउँपालिकाबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । चौकुने गाउँपालिका वडा नं ८ विशाल बजार स्थित रङ्गशालामा फुटबल खेल भैरहेको स्थानमा पेस्तोल बोकि हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी नायाव निरिक्षक नारायण बिष्टको कमान्डमा गएकाे ४ जनाको टोलिले साझ ६: २० बजेेकाे समयमा पक्राउ गरेको हाे ।

चेकजाच गर्दा चाैकुने गाउपालिका ७ डाब बस्ने बर्ष १७ को किशाेरकाे साथ बाट पेस्तोल थान-१ (राउन्ड नभएको खाली रहेको) भेटिएको हाे । साेहि गाउपालिका ६ भावर बस्ने बर्ष १८ को अर्को १ जना किशाेरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुबै जनालाइ बाबियाचौरबाट प्रहरी सहायक निरिक्षक जीवन दाहालको कमान्डमा ५ जनाको टाेलि गई उनिहरुलाई इ.प्र.का बाबियाचौरमा राखेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...