धार्मिक वनमा बृक्षाराेपण सम्पन्न,

36 पटक हेरिएको

विश्व युवा दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ भन्ने मुल नाराका साथ वृक्षारोपण सम्पन्न गरिएक छ। पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ स्थित शिवधाम धार्मिक स्थलमा रिठ्ठा, अम्वाका करिब १ सय बढि बिरुवा लगाईएकाे छ । पञ्चपुरी मानव अधिकार समूह ( इन्सेक ) र आवाज संस्थाको संयुक्त सहयोगमा वडानम्बर ५ को शिवधाम धार्मिक स्थलमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा शिवधाम धार्मिक संस्थाका अध्यक्ष नवलसिंह देउवाले योे समयमा वृक्षारोपण गर्दा धेरै नै फाइदा हुने भएकोले आयोजक संस्थाप्रति धन्यवाद दिनुभएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बाबियाचौर, महिला सञ्जाल, शिवधाम धार्मिक स्थल समिति, इन्सेकद्वारा गठित पञ्चपुरि मानव अधिकार समूह, पत्रकार, आवाज संस्था, नेपाल रेडक्रस सोसाइटी विद्यापुर शाखा, वडा नम्बर ५ को कार्यालयदेखि विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...