नगरपालिकाका मेयरलाई कार्यकक्षमै कार्यालय सहयोगीको मसाज !

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले कार्यालय सहयोगी करन दासबाट मसाज सेवा लिएका हुन्।

तस्वीरमा मेयर दास आरामसँग सोफामा सुतेका छन् भने कार्यालय सहयोगीले खुट्टा थिचिरहेको देखिन्छ। मेयर दासले मालिस गराइरहेको फोटो कसैले खिचेर फेसबुकमा हालदिएपछि भाईरल भएको हो। दास माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन्। 

मेयर दासले आफूलाई सञ्चो नभएको पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको बताए। कोरोना भाइरसको भ्याक्सिन लिएपछि आफू बिरामी बनेको उनको भनाइ छ।

मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन्। भाइले अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको उनले बताए। dineshkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...