नुवाकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरको परकम्प,

394 पटक हेरिएको

नुवाकोट बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।

२०७२ सालको भूकम्पपछि परकम्प आउनेक्रम रोकिएको छैन । यसअघि गएको आइतबार खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...