काेराेनाकाे जाेखिम बढ्दै गएपछि सुर्खेतकाे पञ्चपुरीमा पनि तपाईंको मास्क खै अभियान सञ्चालन गरिएकाे छ । ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको आयोजनामा, पञ्चपुरी नगरपालिकाका समन्वयमा अभियान गरिएको हाे ।
अभियानमा नगर प्रमुख उपेन्द्र बहादुर थापा, ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरिक्षक बखत बहादुर शाही, पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेय, उप-प्रमुख मुक्ती रेग्मी, वडा नं. ५ का वडा अध्यक्ष होम बहादुर रामजाली, वडा नं. ८ का वडा अध्यक्ष भक्ति प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरी, स्वास्थ्य चौकी बाबियाचौर सुर्खेतका प्रमुख सिद्धराज रेग्मी, ईलाका प्रशासन कार्यालय बाबियाचाैरका बिहानी बिष्ट लगाएत स्थानिय बजार प्रतिनिधि, नेपाल प्रहरी, बुद्धिजिवी, समाजसेवी लगाएतकाे सहभागीता रहेकाे थियोे ।
मिलनचोकबाट “तपाईको मास्क खै”? लेखिएका कोरोना सचेतनामुलक प्ले कार्ड सहितको र्याली सुरु भएको र बजारमा मास्क नलगाई आवतजावत गर्ने मानिसहरूलाइ मास्क समेत बितरण गरिएको छ ।