२१ साउन सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले एकिकृत सेवा प्रवाह सञ्चालनमा ल्याएको छ । २०८१ बैशाख देखि सञ्चालनमा ल्याएको एकिकृत सेवाट सेवा लिदा नागरिकमा खुसी छाएको छ । नगरपालिकाबाट दिने सेवाहरु एकिकृत रुपमा एउटै ठाउबाट दिनथालेपछि सेवा लिन आउने सेवाग्राहीहरुलाइ सहज भएको छ ।
सेवा केन्द्र सञ्चालनका लागि कार्यालयमा आफ्नै इन्टरनेट, ‘पावर ब्याकअप’को व्यवस्थापन गरिएको छ । विद्युत् लाइन अवरुद्ध भएका बेला पनि सेवा प्रवाह नरोकिएको पालिकाले जनाएको छ । एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योल तथा झन्झट हुन छाडेको पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलबहादुर कार्कीले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीले छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको र यसवाट सेवाग्राहीको समयको बचत हुने, काम समयमै हुने गरेको बताउनु भयो । साथै कार्कीले नगरपालिकाले सेवा प्रवाहको बारेमा सहभागिको सुझाव लिन टोकनको समेत ब्यवस्था गरेको र यसबाट आएका सुझाबले सेवाप्रबाह सुधारमा सहज हुने बताउनुभयो ।
नगरपालिकाले सेवाग्राहीको काम कुन फाँटमा पुगेको छ, के काम भइरहेको छ सबैकुराको जानकारी पाउनको लागि सुचना बोर्डको समेत ब्यवस्थापन गरिएको, कुन सेवाग्राहीको काम सम्पन्न भयो र यसवाट कामको अवस्था बारेमा जानकारी हुने गरेको सुचना प्रबिधी अधिकृत बिमला पाण्डेले बताउनुभयो ।

नगरपालिकाले एकिकृत सेवा प्रबाह सञ्चालन गरेपछि काम गर्नमा सहज भएको र पहिले जस्तो फाइल बोकेर प्रत्येक फाँटमा धाउनुपर्ने परिस्थीती अन्त्य भएको सेवाग्राही गोपाल सापकोटाले बताउनुभयो ।
नगरपालिकाले सेवाग्राहीलाइ काम सम्पन्न नहुदा सम्म बस्नको लागि ब्यवस्थापन, आफ्नो काम कुन फाँटमा पुगेर भइरहेको छ भनेर जानकारी लिन डिजिटल सुचना बोर्डको ब्यवस्थापन, सेवा लिन आएका सेवाग्राहीको बारेमा सोधपुछ गर्न र सहजिकरण गर्न सोधपुछ कक्ष तथा कर्मचारी समेत ब्यवस्थापन गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा पञ्चपुरीमा एकीकृत सेवा सञ्चालनमा आएको हो ।

नागरिकहरुको लागि सेवा प्रवाह गर्ने स्थानिय निकायबाट यसरी सेवा प्रबाह गरिनु सुसाशन तथा जनताप्रति उत्तरदायी बन्नु नै हो । यसरी सबै सरकारी निकायहरुमा एकिकृत सेवा प्रबाह गर्न सकेमा थप प्रभाकारी हुने देखिन्छ ।
