१६ साउन, सुर्खेत ।
प्रत्येक बर्ष सुरु हुने लाख नाँच संरक्षणमा सुर्खेतकाे पञ्चपुरीका युवाहरु सक्रिय भएका छन । नागपञ्चमीकाे दिनबाट सुरु हुने नाच श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट सम्म चल्ने लाखे नाच संरक्षण समितिले जनाएको छ । लाखे नाच श्रीकृष्णजन्माष्टमीको भोलीपल्टसम्म पञ्चपुरीका विभिन्न ठाउँ र बजार क्षेत्रमा देखाइने छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ । कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गर्ने गरिन्छ । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ ।
द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको हाे । भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ । परम्परा र संस्कृति जोगाउनको लागि आज पञ्चपुरीमा विजय सुनारको अध्यक्षतामा लाखे नाच संरक्षण समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा शिशिर तारामी सचिव प्रवीण बलामी कोषाध्यक्ष भरत सिंह बडुवाल रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा युवराज पुरी, विक्रम थापा, लोकबहादुर शाही, अशोक कंडेल, तिलक सलामी र भरत बिक रहनुभएको छ ।













