गाेल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ बाबियाचाैरकाे आयाेजनामा आज अभिभावकहरु बिच अन्तरक्रिया गरिएको छ । सुर्खेतकाे पञ्चपुरी नगरपालिका ५ मा बाबियाचाैरमा रहेकाे बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीका अभिभावकहरुलाइ शिक्षा सम्बन्धि जानकारी दिईएकाे छ ।
बिद्यालयले अभिभावक हरुलाई असल अभिभावकत्व कसरी गर्ने भनेर जानकारी दिईएकाे छ । बिद्यालयका प्रिन्सिपल ताराप्रसाद कडेलले बिद्यालयमा बिद्यार्थीलाई शिक्षा दिने कुरा मात्रै महत्त्वपूर्ण नभएको र अभिभावक लाई पनि आफ्ना बालबालिकालाई घरमा कसरी असल अभिभावक बन्ने भन्ने बिषयमा ज्ञान दिन जरुरी रहेकाे बताउनुभएकाे छ । कडेलले बिद्यालयकाे शैक्षिक गुणस्तर बढाउन र बिद्यार्थीकाे पढाइमा सुधार ल्याउन अभिभावक शिक्षा पनि महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
कार्यक्रममा क्षेत्र प्रसाद ज्ञावलीले अभिभावक आफुले आफ्ना बालबालिकालाई कस्ताे व्यवहार गर्ने, शिक्षामा गुणस्तर बढाउन के गर्ने, असल अभिभावकमा हुनुपर्ने गुणका बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । कार्यक्रममा बिद्यालयमा अध्ययनरत २ सय भन्दा बढि बिद्यार्थीका अभिभावककाे सहभागीता रहेकाे थियोे ।