पञ्चपुरी नगरपालिका प्रमुखलाइ शिक्षक महासंघको ध्यानाकर्षण,

29 पटक हेरिएको

शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासघं पञ्चपुरी नगर समिति सुर्खेतले विभिन्न शैक्षिक तथा पेशागत माग राख्दै पञ्चपुरी नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कार्यक्रममा नेपाल शिक्षक महासंघ पञ्चपुरी नगर समितिका अध्यक्ष गंगाराम घिमिरेले नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा समक्ष ध्यानआकर्षण पत्र बुझाएका हुन् ।

आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।

ध्यानाकर्षण पत्रमा शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बीमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको छ ।

शुक्रबार महासंघले देशभरका ७५३ पालिकामा रिले अनसन सुरु गरेको छ । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...