सुर्खेतको पञ्चपुरीबाट लागुऔषध सहित ४ जना पक्राउ

565 पटक हेरिएको

१५ साउन सुर्खेत

सुर्खेतको पञ्चपुरीमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित ४ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बाबियाचौर प्रहरी निरिक्षक बिनोद सुबेदीको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलिले पञ्चपुरी नगरपालिका ५ फुर्सेखालबाट उनिहरुलाइ नियन्त्रणमा लिएको हो ।
हिजो साझ करिब साढे ७ बजेको समयमा स्थानिय गणेश शाहीको घरको कोठामा लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पञ्चपुरी नगरपालिका ५ बाबियाचौर बस्ने बर्ष ३८ को प्रेम बहादुर शाही, बर्ष ३५ को तपेन्द्र कुमार कडेल, बर्ष ३२ को तप्त रावल र पञ्चपुरी ६ बस्ने बर्ष ३८ को प्रमोद बहादुर सलामीलाइ नियन्त्रणमा लिएको हो ।
४ जनाको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७७० मिलिग्राम र नगद २१ हजार ५ सय फेला पारी बरामद गरेको छ । साथै उनिहरुले प्रयोग गर्ने गरेको भे.७ प.३०७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...