राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै आज बाबियाचौरमा विरोध प्रदर्शन गरेका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा सुर्खेतका अध्यक्ष कबिराम पुरीले जानकारी दिए ।
राप्रपा क्षेत्रिय कार्य समिति क्षेत्र नं २ सुर्खेतको आयोजनामा चतुरे चोक देखि सुरु भएको ¥याली बाबियाचौर बजार पुगेर कोणसभामा परिणत भएको थियो । बजारमा आयोजित कोणसभामा बोल्दै राप्रपाको सुर्खेतका अध्यक्ष पुरीले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।
राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले यसअघि असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।