सुर्खेतकाे पञ्चपुरी ८ माझिगाउमा घरघरमा पानीको धारा जडान भएपछि नागरिक हरु खुसी भएका छन । दुलालथाई माझिगाउ चुनेरीताल खानेपानी आयाेजनाले १ घर १ धाराको अवधारणा सुरु गरेसंगै माझिगाउका प्रत्येक घरमा धारा जडानकाे काम सुरु भएको हाे । सेवाक्षेत्र भित्र ५ सय धारा जडान गर्ने लक्ष्य लिएको आयाेजनाले पहिलाे चरणमा माझिगाउका ८५ घरधुरीमा धारा जडान सम्पन्न भएको छ ।
बर्षाै देखि पानी बाेक्नकाे लागि सार्वजनिक धारामा पानीकाे लाईन बस्नुपर्ने समस्या हटेर गएको स्थानीय जमुना गिरीले बताउनुभएको छ । “पानी कति बेला धारामा आउछ भनेर पालाे पर्खिदा समय पनि बढि खर्चनुपर्ने, पानीकै लागि घरकाे अरु काम पनि गर्न पनि पाईदैन थियाे घरमै धारा जडान भएपछि त धेरै सजिलाे भएको छ” गिरीले भन्नुभयो । त्यस्तै अर्को सेवाग्राही माया बुढाले पानी घरमै आएपछि तरकारी खेती गर्न सजिलाे हुने, भनेकाे समयमा कपडा धुन सजिलाे भएको बताउनुभयाे ।
माझिगाउकै उपभोक्ता पार्बती कडेलले कहिलेकाही त सार्वजनिक धारामा लाईन बस्दै गर्दा पानी सुकेर रित्तै घर फर्किनुपरेकाे बाध्यता सुनाउनुभयाे । पानी भर्ने पालाे अगाडि नै आउला भने हतार हतार धारामा जान्थ्याैं कहिलेकाही त पानी भर्नकै लागि पालाेकाे बिषयमा झगडा हुन्थ्याे कडेलले बताउनुभयो । अहिले त धारामा पानी भनेजस्तै धेरै आउछ त्याे देखेर पुराना दुख बिर्स्याैं उहाले भन्नुभयो ।
समितिका अध्यक्ष ललित सुनारले काम तिब्रताका साथ गरिरहेकाे र अहिले चुनेरीताल र श्रिचाैरकाे बस्तिमा लाईन बिछ्याउने तथा धारा जडानकाे काम भईरहेकाे बताउनुभयो छ । सुनारले आफु समितिमा निर्वाचित भएलगतै १५ राेपनी जग्गा खानेपानीको नाममा खरिद गरि दर्ता गरेकाे, पानीकाे मुहान दर्ता गरेकाे र २५ राेपनी जग्गा खानेपानीकाे लागि पछि ट्यांकी निर्माणका गर्न तारबार गरि संरक्षण गरेकाे समेत जानकारी दिनुभयाे ।
समितिले सान्ने मुहानबाट करिव साढे ३ किलोमिटर टाढा दुलालथाईमा १ लाख लिटर र ४० हजार लिटरका २ अाेटा ट्यांकी निर्माण समेत गरिएको छ । निजी धारा जडानका लागि ग्राहक बनाउने, जडान खर्च र सामाग्री सहित १० हजार लागत लाग्ने समितिले जनाएको छ । मिटर जडान भए संगै समितिकाे बैठक बसेर पानीको महसुल शुल्क निर्धारण गरिने भएको छ ।