जाजरकोट नलगाड मा वन संरक्षण गर्नको लागि स्थानीय समाजसेवी जयबहादुर रावल अध्यक्षतामा उपभोक्ता समिति पनि उनीहरुले गठन गरेका छन् । नव गठित ११ सदसिय उपभोक्त समितिको उपाध्यक्षमा कुमारी रावल, सचिवमा हेमन्त रावल, कोषाध्यक्षमा छिता रावल रहेका छन् ।यस्तै केशव रावल, जयबहादुर थापा, तिलबहादुर ओली, प्रेमकुमारी रावल, जानकी बटाला रावल, दिलमाया रावल र गीता मल्ला सदस्यमा चयन भएका छन् ।
वडाध्यक्ष बद्री पन्त, पूर्व वडाध्यक्ष प्रेमबहादुर रावल, इलाका सव डिभिजन कार्यालयका प्रतिनिधी भीमबहादुर शाही, शिक्षक सुदाम गौतम, समाजसेवी हिरालाल रावल, भक्तबहादुर रावल लगायतको उपस्थीतिमा वन उपभोक्ता समिति गठन गरिएको हो ।
उपभोक्ताको भेलाले वनको कार्ययोजना निर्माण गर्ने, पूर्वमा तिपतिपे, पश्चिममा नाउली, उत्तरमा माइकादर्काको बाटो देखि दक्षिणमा झुम्रेखोलासम्म तथा पूर्वमा गलगलाइनाको पानीदेखि पश्चिममा जुकेखोला औलीस्यानी, उत्तरमा जगुले ओवा र दक्षिणमा आमादेखि माथी चारकिला भित्र चरिचरण वन्द गर्ने निर्णय गरेको उपभोक्ता समितिका अध्यक्ष जयबहादुर रावलले बताएका छन ।
उनका अनुसार चरिचरन वन्द भएपनि उपभोक्ताले त्यस क्षेत्रभित्र रहेका आफ्ना खरवारीहरु बोट विरुवाहरु कटान नगरी प्रयोग गर्न पाउने छन् ।