भुकम्प आगलागी र बाढी सम्बन्धि कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न,

268 पटक हेरिएको

भुकम्प आगलागी र बाढी सम्बन्धि कृत्रिम अभ्यास कार्यक्रम चौकुने, पञ्चपुरी र बराहताल गाउपालिकामा आज सम्पन्न भएको छ । युएसएआईडि, मर्सिकोरको सहयोग तथा सुन्दर नेपाल संस्था द्वारा सञ्चालित भएको भकारी परियोजनाले सो कार्यक्रम संचालन गरेको हो । चौकुनेको गुटु, पञ्चपुरीको बाबियाचौर र बराहतालको बड्डिचौरमा कार्यक्रम गरिएको हो ।


कार्यक्रममा भुकम्प आउदा गर्नुपर्ने सावधानी, उद्दार तथा राहतका बारेमा जानकारी दिईएको छ । बिपत जतिबेला जुनसुकै समयमा आउन सक्ने भएको हुदा पुर्ब तयारीका लागि समुदायका नागरिकलाइ अग्रिम जानकारी दिइएको बिपद जोखिम न्युनिकरण अधिकृत गगन खड्काले जानकारी दिनुभएको छ ।

कृतिम अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनैतिक दल, प्रहरी, स्वास्थ्यकर्मी, स्थानिय बिपद ब्यवस्थापन समितिका पदाधिकारी, रेडक्रस, बिपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम प्राप्त जनशक्ति र स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।

भकारी परियोजनाले पञ्चपुरी चौकुने र बराहतालका १४ ओटा वडाका ४७ ओटा समुदायमा प्राकृतिक बिपद जोखिम न्युनिकरण, उत्पादन मुलक पानी, कृषि सम्बन्धी कार्यक्रम , सामाजिक समाबेशिकरण र आकस्मिक सहयोगका कार्यक्रम संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...