सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेका महिलाहरुले वाताबरण हरियाली बनाउनको लागि अग्रसर भएका छन । उनिहरुले आ आफनो घरमा बिरुवा रोप्न थालेका छन । बातावरण संरक्ष गर्ने । सबै नागरिकको कर्तब्य भएको बताउदै उनिहरुले आफ्नो घरमा बिरुवा रोप्न सुरु गरेका हुन ।
युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम अन्तरगत पञ्चपुरी नगरपालिका भित्रका ११ वटै वडाबाट छनोट भएका ३ सय जना एकल, असहाय गरिब, बिपन्न तथा द्धन्द पिडित महिलाहरूलाई ब्यवसाय र जिबिकोपार्जन गर्न रकम उपलब्ध गराएका उनिहरुले सो अभियान सुरु गरेका हुन ।
सहयोग पाएका उनिहरुले घरमा बाख्रापालन कुखुरापालन खुद्रा पसल, तरकारी खेती लगाएतको ब्यावसाय गर्दै आएका छन । ब्यवसायलाइ सहयोग पु¥याउनको लागि युएनडिपी मार्फत बिरुवा सहयोग गरिएको हो । सबै सेवाग्राही हरुलाई एक एक वटा अम्बा, रिठ्ठा बकाईना लगायतका बिरुवा पनि वितरण गरिएको युएनडिपीका पञ्चपुरी संयोजक सुशिल घिमिरेले जानकारी दिनुभएको छ । बाख्रापालन गरेका महिलाहरुलाइ थप सजिलो बनाउन को लागि घासको बिरुवा समेत बितरण गरिएको घिमिरेले बताउनुभयो ।
पञ्चपुरी १ का खगिसरा घर्ती मगरले संस्थाले सहयोग गरेको प्रति धन्यवाद दिनुभएको छ । घर्तीले संस्थाले दिएको रकमले बाख्रा खरिद गरेको र यसबाट आम्दानी गरेर घरायसी खर्च चलाउने बताउनुभयो । बाख्राको लागि घरमै घाँस रहेको र २ ओटा रिठ्ठा लगाएर घरमै सावुन उत्पादन गर्ने योजना रहेको समेत बताउनुभयो ।
पञ्चपुरीका ५ सय जना लक्षित बर्गका महिला हरुलाइ दोस्रो किस्ता बापतको रकम १३ हजार ५सय रुपैया राष्ट्रिय बाणिज्य बैंकमा रुपैयाँ जम्मा गरिसकेको छ ।