१२ साउन सुर्खेत ।
अरिङ्गालको टोकाइबाट पञ्चपुरी नगरपालिकामा एक जनाको ज्यान गएको छ । पञ्चपुरी ४ चनाली निवासी हर्क बुचाको ७ बर्षका छोरा खगेन्द्र बुचाकाे अरिंगालको टोकाइबाट मृत्यु भएको छ । हिजाे दिउसाे बुवा संग जंगल गएका खगेन्द्रलाई दिउसाे करिव १ बजेकाे समयमा अरिङ्गालले टाेकेर घाइते बनाएको थियोे । बुचाकाे बाबियाचाैरमा रहेको मेडिकलमा उपचारकाे क्रममा आज ज्यान गएको हाे । मृतक बुचा स्थानीय नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चनालिमा अध्ययनरत रहेको आफन्तले जानकारी दिएका छन ।
