पञ्चपुरीको बाबियाचौरमा राष्ट्रिय परिचयपत्रको काम हुने,

224 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको बाबियाचौर ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको पनि काम हुने भएको छ । बाबियाचौरको इलाका प्रशासन कार्यालय बाटै काम हुनेगरी राष्ट्रिय परिचयपत्र ईकाइ स्थायी स्टेसन स्थापना भएको छ ।
अबदेखि सुर्खेत पश्चिम सुर्खेतका नागरिकहरु राष्ट्रिय परिचयपत्रको कामका लागि सदरमुकाम जानुपर्ने अबस्थाको अन्त्य भएको छ । राष्टिय परिचय पत्र तथा पञ्जीकरण बिभागले एक सुचना जारी गर्दै बाबियाचौर बाट सेवा दिने गरी ब्यवस्थापन गर्न निर्देशन दिएको छ । आफ्नाे फेसबुकमा सुर्खेत क्षेत्र नं २ का माननीय हृदराम थानीले लामाे समयकाे मेहनत र प्रयास बाट पश्चिम सुर्खेतका जनताले सेवा पाउने उल्लेख गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...