सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको जानकारी दिए ।
उनका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।
‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए,’ खड्काले भने, ‘अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन् ।’