सुर्खेतकाे चौकुने गाउपालिकाले अबरुद्ध भएको सडक मर्मत गरेको ३ दिन बितिसक्दा समेत यातायात संचालन नहुदा नागरिकले सास्ती खेप्दै आएका छन । बर्षातको समयमा पञ्चपुरीको बिद्यापुर देखी चौकुने गाउपालिका ८ गुटु बजारको बिच खण्डमा बाटो मर्मत गरिरहेको र ठाँउठाँउमा बिग्रेको कारण यातायात कार्यालय सुर्खेतले बिद्यापुर सम्म मात्रै गाडी छुटाउने गरेको छ ।
विगत १ एक महिना भन्दा धेरै दिनदेखि चौकुने सम्म यातायात सुबिधा ठप्प रहेको हुदा चौकुनेका नागरिकहरुलाइ पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यातायातका सवारी साधन नचलेपछि स्थानिय सामान ढुवानी गर्ने गाडिले मनोमानि रुपमा भाडा लिने गरिरहेको पाइएको छ । गुटु देखि लगाम सम्म प्रति ब्यक्ति रु ८ सयका दरले भाडा तिर्नु परेको यात्रुहरुले बताउदै आएका छन ।
यता यातायात समिति गुटुका इन्चार्ज दिपेन्द्र जोशीले बाटो मर्मत गरेपनि भने जस्तो मर्मत नभएको हुदा गाडि सहजै सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको बताएका छन । गाडी स्टापहरुले बाटो हेर्दा गाडी चलाउन सक्ने अबस्था नरहेको हुदा पुनः मर्मत र ठाउ ठाउमा ग्राबेल नगरे सम्म सञ्चालमा ल्याउन नसकिने बताएका हुन । गाडी सञ्चालनमा नआउदा चौकुने १ देखी ८ नं वडाका नागरिकरु पैदल गाउपालिका कार्यालय सम्म सेवा लिन आउने गरेका छन ।
चौकुने गाउपालिका वडा नं ८ का अध्यक्ष कमल जिसीले स्थानिय तहको लगानीमा बाटो मर्मतको काम गरेर यातायात समितीलाइ गाडी सञ्चालन गर्न भने पनि अहिले सम्म समितीले गाडी सञ्चालनमा नल्याएको बताएका छन । स्थानीय नागरिकले समस्या भोग्दै आएको र यसको लागि समितिले गाडी तत्काल संचालन गर्न समेत जिसी अनुरोध गरेका छन ।