साउन ७ सुर्खेत ।
बाताबरण सुधार बहुउद्धश्यीय सहकारी संस्था लिमिटेड अन्तरगत लघुबित्त शाखा कार्यालय बाबियाचौरले नगद सहयोग प्रदान गरेको छ । पञ्चपुरी नगरपालिका वडा नं ४ सुर्खेतको केन्द्र नं १५ का सदस्य लक्ष्मी देबी बयकका श्रीमानको मृत्यु पश्चात् संस्थावाट प्राप्त हुने बिमा सहयोग स्वरुप १ लाख १० हजार प्रदान गरिएको छ ।
माइस्थान बाताबरण महिला केन्द्रका सदस्यहरुको रोहबरमा वडा सदस्य कमला बिसी र संस्थाका शाखा प्रमुख गंगाराम सापकोटाले रकम हस्तान्तरण गर्नुभएको हो । संस्थाले उनिहरुको घरमै पुगेर सहयोग रकम प्रदान गरेको हो ।