बड्डिचाैर खम्वगाडे सडक कालाेपत्रेकाे शिलान्यास, 

592 पटक हेरिएको

पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रेको काम शुरु गरिएको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको यो सडकको पहिलो खण्डअन्तरगत वड्डीचौरदेखी कालोपत्रे गर्न आज शिलान्यास गरिएको हो । कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौरमा सडक कालोपत्रेका लागि शिलान्यास गरेका छन् । बुढाक्षेत्रीले वर्षौदेखी कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिमका नागरिकहरुलाई राहत हुने विश्वास व्यक्त गरे । सडक कालाेपत्रे गरेपछी कैलाली पुग्नकाे लागि थप सजिलाे हुने भएको छ । वड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिने भएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...