सालकाेट बचत तथा ऋण सहकारी संस्था पञ्चपुरी २ सुर्खेतकाे स्थापना दिवस अाज एक कार्यक्रमका बिच मनाईएकाे छ । पञ्चपुरी २ काे पलैटेमा कार्यालय रहेकाे सहकारीले अाफ्नाे २३ अाै स्थापना दिवस मनाएकाे हाे ।
कार्यक्रममा सफलताको शुभकामना दिदै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले सहकारीले गरेकाे काम प्रशंसनिय रहेकाे र यसकाे ब्यवस्थापन का लागि अावश्यक समन्वय र सहकार्य गर्न सकिने बताउनुभएको छ । सहकारीका सदस्यहरुकाे अाबश्यकता र मागकाे अाधारमा रकम लगानी गर्न सुझाव समेत दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले सहकारीको २३ अाै स्थापना दिवशकाे अवसरमा सफलताको शुभकामना दिनुभएको छ । नगर प्रमुख भण्डारीले सहकारीको भवन निर्माणका लागि माग भएकाे र बजेट अभावका कारण सम्वाेधन नभए पनि अागमी याेजनामा समेटिने बताउनुभएको छ । नगरपालिकामा भएका सहकारीहरुकाे अवस्था लाई विश्लेषण गरि समायाेजन गर्ने कुरामा पनि अघि बढ्ने समेत उहाले बताउनुभएको छ ।
स्थापना दिवसमा असल ऋणी, बाल बचतकर्ता, नियमित बतकर्तालाइ सम्मान समेत गरिएको छ । कार्यक्रममा धनवहादुर थापा, डिल्लिराम न्युरे लगाएतले सफलताको शुभकामना दिनुभएको छ । कार्यक्रम सहकारीका अध्यक्ष पबित्रा बिसीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।