सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ र ६ का जग्गाधनीहरुलाइ आइतबार लालपुर्जा वितरण गरिएको छ । पञ्चपुरीको बाबियाचौरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय भुमि आयोग सुर्खेत, पञ्चपुरी नगरपालिकाको संयुक्त सहभागितामा पुर्जा बितरण गरिएकोे हो ।
आइतबार वडा नं. ५ र ६ का १०२ जनालाई पुर्जा वितरण गरिएको हो । पुर्जा वितरण कार्यक्रममा नगर प्रमुख लालबिर भण्डारीले पञ्चपुरीका सबै नागरीकले आफ्नो कार्याकालभर पुर्जा पाउने बताउनु भयो । पुर्जा वितरण कार्यमा कुनै कसर बाकी नराख्ने बताउदै भण्डारीले काममा सहयोग गर्न सवै निकायलाई आग्रह गर्नुभयो । साबिक सालकोट ८ (झ) र (ञ) साबिक बाबियाचौरका (क) र (ख) कित्ताका ५ सय ८१ जनालाइ पुर्जा बितरणको काम भइरहेको भुमि इकाइ शाखा पञ्चपुरीका संयोजक पुर्ण बहादुर रावलले जानकारी दिनुभएको छ ।
पञ्चपुरी ५ का जग्गाधनी तप्त रिमालले बर्षाै देखि जग्गाको समस्या भोग्दै आएका जग्गा धनी लाई घरमै पुर्जा बितरण गरेको प्रति स्थानीय सरकारलाई धन्यवाद दिनुभएको छ । आफुले जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी भएको भएको समेत रिमालले बताउनुभयो ।
त्यसैगरी अर्का जग्गा धनी लोकेन्द्र रावलले नगरपालिका जग्गाधनी प्रमाण पुर्जा बितरण गर्नको लागि देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । पहिलेदेखि आफुले उपभोग गरिरहेको जग्गा हिजोको दिनवाट पुर्जा पाउँदा जग्गाधनी भएको महसुस गरेको र खुसी भएको समेत बताउनुभयो । नगरपालिकाले पञ्चपुरी नगरपालिकाको वडा नं ४ डाव, वडा नं. ११ कुइने मा पुर्जा बितरण गरिसकेको छ ।