सुर्खेतकाे चाैकुने गाउपालिकाले करारमा रहेका कर्मचारीकाे साउन देखि सम्झौता नबिकरण नगर्ने भएको छ । गाउपालिकाकाे कार्यापालिकाले गरेकाे निर्णयकाे बुदा नं ३ मा उक्त बिषय समेटिएको छ ।
शिक्षा, र स्वास्थ्य बाहेकका करार कर्मचारी हटाउने निर्णय भएको गाउपालिका अध्यक्ष खड्क बि क ले जानकारी दिनुभएको छ । अनाबश्यक रुपमा कर्मचारी नियुक्ती गरिएको र यसबाट पालिकालाइ आर्थिक भार बढ्ने भएको हुदा यस्तो निर्णय भएको अध्यक्षले बताउनुभयो ।
कार्यापलिकाकाे बैठकले भवन संहिता लागू गर्ने, बन तथा बाताबरण संरक्षण गर्न कार्यबिधि तयार गर्ने, भुमि सम्वन्धी सहजिकरण समिति गठन गर्ने, उपभोक्ता अभिमुखिकरण तालिम सञ्चालन समेत गर्ने भएको छ ।
त्यसैगरी शिक्षा शाखामा कार्यरत श्राेत ब्यक्ति र स्वास्थ्य शाखा प्रमुखकाे काज फिर्ता गर्ने, प्रशासनिक भवनमा नागरिक सहायता र स्तनपान कक्ष निर्माण गर्ने लगाएतका १० अाेटा निर्णय सार्वजनिक गरेकाे छ ।