कपिलवस्तु बुद्धभूमि ४ को विनियोजित योजना तथा कार्यक्रम सार्वजनिक,

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुशील कुमार चौधरीले आव ०७९/०८० को लागि विनियोजित योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जितेका चौधरीले चालु आव सकिएको दिन मै आफुले आगामी बर्ष गर्ने योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

चौधरीद्धारा सार्वजनिक गरिएका योजनामा भौतिक र सामाजिक क्षेत्र छन् । भौतिक तर्फ वडाले पाएको बजेट सिलिङ अनुसार गर्न सकिने र अत्यन्तै आवश्यक रहेका ठाउँमा योजना बनाएका छन् । यस्तै नगरले गर्न थालेका ठूला योजना पनि उनले समावेश गरेका छन् ।

अरु योजनामा करलौनिया गाउँको कालोपत्रेका लागि रु. ३० लाख, किलौली मिलनचोक अधुरो सडक निर्माणका लागि रु. २० लाख, अधुरो भैरमपुर चौरी सडक रु. १० लाख लगायत रहेका छन् ।

यस्तै सामाजिक विकास योजना तर्फ वडा स्तरीय खेलकुद तथा सामग्री वितरणका लागि रु. १ लाख, माघी पर्वका लागि रु. ५० हजार, साना कृषि यन्त्र वितरण, गोठ सुधारका लागि रु. १ लाख ५० हजार, विपद् व्यवस्थापनका लागि रु. ५० हजार, महिलालाई प्याड बनाउने तालिमका लागि रु. ५० हजार, खरको छानो मुक्त अभियानका लागि रु. २ लाख लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...