कैलालीको मोहन्याल गाउपालिकामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार,

94 पटक हेरिएको

कैलालीको मोहन्यालमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएकी मोहन्याल गाउपालिका वडा नम्बर ४ ओखलढुङ्गा की ३७ बर्षिया बिमला मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।
सुत्केरी र बच्चाको अवस्था जटिल हुँदै गएपछि आज हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष कमल साउदले जानकारी दिएका छन । साउदका अनुसार सुत्केरी महिलाको पण्डौन स्वास्थ्य चौकी खिमडीमा उपचार हुन नसक्ने भएपछि हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
शुक्रबार बेलुकादेखि प्रसुति ब्यथा लागेपनि शनिबार दिउँसो बच्चा जन्मिए पनि थप समस्या देखिएको हुदा विमलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरबाट उद्धार गरिएको हो । मोहन्याल गाउपालिकामा सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा प्रत्येक बर्ष सुत्केरी महिलाहरुले समस्या भोग्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...