पशुपतिमा जलहरी लगाउँदा हरायो सुन,

417 पटक हेरिएको

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ ।

पशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको थियो ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...