पञ्चपुरीमा ५ दिन देखि टेलिफोन सेवा अवरुद्ध, मर्मतमा टेलिकमकाे ढिलाइ

33 पटक हेरिएको

बिगत ५ दिन देखि टेलिफोन सेवा अबरुद्ध हुदा सुर्खेतकाे पञ्चपुरीका नागरिक हरुमा सेवामा समस्या देखिकाे छ । बाबियाचाैर बजारमा बितरण गरिएको टेलिफोनकाे ल्याण्डलाईन सेवा पाेल ढल्दा अहिलेसम्म अबरुद्ध भएको छ । बाबियाचाैरका विभिन्न सरकारी, निजि, ब्यापारी गरि करिब १ सय भन्दा बढि टेलिफोनकाे लाईन बितरण गरिएको छ ।

टेलिफोन अवरुद्ध हुदा एडिएसएल समेत संचालन भएको छैन । ईलाका प्रशासन कार्यालयमा नेट नहुदा नागरिकहरु नागरिकता लिनबाट समेत बञ्चित भएका छन भने वडा कार्यालय बाट राजस्व संकलनमा समेत समस्या भएको छ ।

पञ्चपुरी नगरपालिकाकाे कार्यालयमा समेत नेटकाे अभाव भएको छ । बैक, सहकारी, वडा कार्यालय, नगरपालिका, रेडियो तथा ब्यापारीहरुका सबै क्षेत्रमा सेवा अबरुद्ध भएको हाे । फाइबरकाे तार चुडिएकाे र मर्मतका लागि दुरसञ्चार कार्यालय सुर्खेतलाई जानकारी गराउदा समेत कार्यालय बेखबर देखिएकाे छ।

मर्मतका लागि नेपाल टेलिकम कार्यालय सुर्खेतलाई फाेन गर्दा फाेन नउठाउने गरेकाे स्थानीयकाे गुनासो रहेकाे छ । कार्यालयमा पुगेर पञ्चपुरीका नगरप्रमुख उपेन्द्र बहादुर थापाले मर्मतका लागि अाग्रह गर्दा पनि टेलिकमले मर्मतमा कुनै सुनुवाइ गरेकाे छैन ।

नगरपालिकाले टेलिकमलाई टावर निर्माण गरि सेवा बिस्तार गर्न बाबियाचाैर बजारमा अाफ्नाे स्वामित्वको २ राेपनि जग्गा समेत उपलब्ध गराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...