३० असार सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को बल्लेमा बोलोराे जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । आज दिउँसो करिव १२ बजेको समयमा सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं. ६ भावरकाे बल्ले स्थिति भित्रि सड्क खण्डमा डाँडाछाप्रे देखि बाबियाचौर तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०५१७ नम्बरको बोलेरो पिकप जिप एक्कासी ब्रेक फेल भई दुर्घटनामा परेको हाे । घाइतेहरूलाई स्थानीय मेडिकल पञ्चपुरी अस्पतालमा उपचार पछि १० जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । अन्य १० जना सामान्य उपचारपछि घर फर्किएका इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ। प्रहरी कार्यालय बाबियाचौरका प्र.ना.नि बल प्रसाद पाण्डेको नेतृत्वमा ट्राफिक सहित ९ जनाको टोलि घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको हो ।
जिल्ला रिफर गरिएका घाइतेहरु,
१) जिल्ला सुर्खेत चौकुने गा.पा. ८ बस्ने बर्ष ३५ कि पुर्णदेबी बि बि.क (घाँटी नाक कानमा चोट अवस्था सामान्य)
२) जिल्ला सुर्खेत पञ्चपुरी न.पा.९ बस्ने बर्ष १३ को झन्कर बुढा (दाइने हात भाचिएको बायाँ खुट्टामा चोट अबस्था मध्यम बोल्न सक्ने)
३) पञ्चपुरि न.पा. ७ बस्ने बर्ष ६४ को बिसे बयक (दाइने हात र बायाँ हातमा चोट सामान्य)
४) पञ्चपुरी ७ बस्ने बर्ष ४९ को कृष्ण बयक (दाइने आँखा र घाँटीमा चोट अबस्था मध्यम बोल्न सक्ने)
५) पञ्चपुरी ९ बस्ने बर्ष ३६ को कृष्ण थापा (बायाँ हात भाचिएको टाउकोमा चोट अबस्था मध्यम बोल्न सक्ने)
६) पञ्चपुरी ७ बस्ने बर्ष ५८ को नैने नेपाली (दाइने खुट्टा र टाउको मा चोट अबस्था मध्यम बोल्न सक्ने)
७) पञ्चपुरी ७ बस्ने बर्ष १८ को रेशम ब. बयक (दाइने हात खुट्टामा चोट सामान्य)
८) पञ्चपुरी ९ बस्ने बर्ष ३२ कि जुना बुढा (कोखामा चोट अबस्था सिरियस बोल्न नसक्ने)
९) जिल्ला बर्दिया ठाकुरबाबा न.पा ७ बस्ने बर्ष ६१ कि पबित्रा उपाध्याय (दाइने हात शरीरमा चोट)
१०) बर्दिया ठाकुरवावा नपा ७ बस्ने बर्ष ६५ को श्रीप्रसाद उपाध्याय (दाइने हात भाचिएको अबस्था मध्यम बोल्न सक्ने)
उपचार पछि घर फर्कनेहरु,
१) अछाम जिल्ला तुर्माखाद गा.पा ४ बस्ने बर्ष ६० कि मना सुनार
२) चौकुने गा.पा ८ बस्ने बर्ष ५० को भिम ब. बि. क.
३) चाैकुने गा.पा ८ बस्ने बर्ष १८ को रबि बि क
४) पञ्चपुरी ९ बस्ने बर्ष ६५ को कढे बुढा
५) पञ्चपुरी ७ बस्ने बर्ष २६ को छबिलाल थापा
६) पञ्चपुरी ७ बस्ने बर्ष ३ को हेल्सन थापा
७) पञ्चपुरी ९ बस्ने बर्ष ५० को पदम ब. थापा मगर
८) अछाम जिल्ला तुर्माखाद गा.पा. ४ बस्ने बर्ष २७ को टेकेन्द्र बि.क.
९) जिल्ला अछाम मंगलसेन न.पा ७ बस्ने बर्ष २२ को मनोज बि.क
१०) चालक जिल्ला सुर्खेत पन्चपुरी नपा ७ बस्ने बर्ष खड्क ‘लामिछाने