अख्तियार सुर्खेतको टोलीद्धारा कागजात नियन्त्रण,

सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट अख्तियार सुर्खेतको टोलीले कागजात नियन्त्रणमा लिएको छ । जग्गाधनी प्रमाण पुर्जा बितरणको लागि राजस्व जम्मा गर्ने सम्बन्धी सुचना पत्रिकामा प्रकाशन गरेवापतको जग्गाधनीबाट रकम लिएको पाइएपछि कागजात नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय भुमी आयोग जिल्ला समिति सुर्खेतले असार २२ गते सुर्खेतबाट प्रकाशित हुने युगआह्वान दैनिक पत्रिकामा पञ्चपुरीको वडा नं. ५ र ६ का जग्गाधनीहरुको पुर्जा बितरणका लागि राजस्व जम्मा गर्न ३ सय ५४ जनाको नाम सहित सुचना प्रकाशित गरेको थियो ।
सुचना प्रकाशित गरेपछि पत्रिकालाइ भुक्तानी गर्नपर्ने रकम स्वयं जग्गाधनीले तिर्नुपर्ने नगरपालिकाको निर्णय भएपछि जग्गाधनीबाट प्रति ब्यक्ती रु ७ सयका दरले पत्रिकाले नगदि रसिद काट्दै आएको थियो । बिहिबार पञ्चपुरी पुगेको अख्तियारको टोलीले वडा नं. ५ को कार्यालयबाट पत्रिकाले काट्दै गरेको नगदि रसिद, नगद रकम र केही थान बितरण गर्नको लागि तयार गरिएको जग्गाधनी प्रमाण पुर्जा समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभएको छ ।
यता नगरपालिकाको कार्यबिधिमा जग्गा धनीबाट सुचना प्रकाशनको रकम लिने कुरा कतै उल्लेख नभएपनि कार्यापालिका र बिषय बिज्ञहरुको सामुहिक बसेको बैठकले भने सम्बन्धि ब्यक्तिले सुचनाको रकम भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।
काममा बाधा अबरोध सृजना भएपछि बर्षौदेखि जग्गाधनी प्रमाण पुर्जा पाउने आशामा बसेका नागरिकहरुमा अन्यौलता सृजना भएको छ । अख्तियारको टोलीले यस बिषयमा सम्बन्धित ब्यक्ती संग छलफल गर्ने तर जग्गाको काममा कुनै अबरोध नहुने र काम गर्न सकिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...