मुख्यमन्त्री दलित आयआर्जन प्रबर्द्धन कार्यक्रम अन्तरगत २६ कार्यदिने एडभान्स सिलाईकटाई तालिमकाे आज समापन गरिएको छ । उद्याेग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतकाे आयाेजनामा तालिम संचालन भएको थियोे ।
पञ्चपुरी नगरपालिका वडा नं २ काे पलैटेमा तालिम संचालन भएको हाे । तालिमकाे समापन गर्दै पञ्चपुरी २ का वडा अध्यक्ष यामबहादुर बिसीले सहभागीले सिकेको सिपलाई ब्यवहारमा लागू गर्न सकेमात्र तालिमले सार्थकता पाउने बताउनुभएको छ ।
वडाले पनि दलित जनजातिका लागि विभिन्न कार्यक्रम गर्न याेजना ल्याएकाे र त्यसका लागि सबै संग सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनु भएको छ । तालिमका सहभागीले सिकेकाे सिपलाई ब्यवहारमा लागू गर्ने प्रतिबद्धता समेत जनाएका छन ।