पञ्चपुरी नगरपालिका वडा नं ११ का अध्यक्ष धनबहादुर माझीले अाफ्नै लगानीमा बाटाे मर्मत गरेका छन । पञ्चपुरीकाे वडा नं ११ कुईने देखि बाबियाचाैर अावतजावत गर्ने बाटाे बर्षातका कारण बिग्रेपछि स्काभेटरकाे प्रयाेग गरि मर्मत गरेका छन । पञ्चपुरी ११ काे तातापानी र गल्फाकाे बस्ति बिचकाे खहरे खाेलामा बाटाे बिग्रदा यातायातका साधन ठप्प भएका थिए । “अाफ्नाे क्षेत्रका नागरिकले पाएकाे दुख हेरेर बस्न सकेन अाफ्नै लगानीले बाटाे मर्मत गरेँ बाटो दिगाेपनाकाे लागि पहल गर्छु ” अध्यक्ष माझीले भने । सुर्खेत पश्चिम देखि कैलाली अावातजावत गर्न याे वाटाे छाेटाे र सजिलो हुने भएको हुदा अहिले दैनिक १ सय भन्दा बढि सवारीसाधन अाेहाेर दाेहाेर गर्ने गरेका छन । अध्यक्षले बाटाे मर्मत गरेपछि स्थानीय नागरिक खुसि भएका छन ।
