ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे नागरिक सुनुवाइ सम्पन्न,

ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे अायाेजनामा नागरिक सुनुवाइ कार्यक्रम अान सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालयकाे प्राङ्गणमा भएको कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, राजनीति दल, समाजसेवी,संघ संस्था का प्रतिनिधि, कर्मचारी, यातायात ब्यवसायी लगाएतकाे सहभागीता रहेकाे थियोे । कार्यक्रममा प्रहरी निरिक्षक टेकबहादुर देउवाले ईलाका प्रहरी कार्यालयले गरेकाे काम तथा प्रगतिकाे बारेमा जानकारी दिनुभएको छ । कार्यक्रमका सहभागीहरुले ईलाका प्रहरी कार्यालयबाट दिने सेवाको प्रभाकारी भएको र अागामी दिनमा थप समन्वय र सहकार्य गर्ने समेत बताएका छन । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले शान्ति सुरक्षामा प्रहरीले महत्त्वपूर्ण भुमिका खेलेकाे प्रति प्रशंसा गर्नुभएको छ । समुदायमा खुल्ला रुपमा मदिरा बिक्रीवितरण हुने गरेकाे र यसलाई नियन्त्रण तथा कम गर्न विशेष काम गर्न जरुरी रहेकाे बताउनुभयो । मदिराकाे कारणले समुदायमा घर घरमा घरेलु हिंसा बढ्दै गएको र यस तर्फ स्थानीय निकायकाे पनि सकारात्मक सहयोग हुने बताउनुभएको छ । भण्डारीले बजार क्षेत्र तथा प्रहरी बिटमा प्रहरी ब्यवस्थापन गर्न ईलाका प्रहरी कार्यालयलाई अाग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...