गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत सुर्खेतकाे पञ्चपुरीका महिलाहरुलाइ सिलाई कटाई तालिमका लागि सामाग्री सहयाेग गरिएकाे छ । पञ्चपुरी वडा नं ५ का ८ जना महिलाहरुलाई ३९० घण्टा सिलाई कटाई तालिम दिइएकाे छ । सीप सिकेका वडाका ८ जना लाई २० प्रतिशत सहभागी र ८० प्रतिशत कार्यालयकाे तर्फबाट अनुदान सहयोग गरि जम्मा १२ हजार ९ सय ९५ रुपैयाँ लागतमा सिलाई कटाई मेसिन सहयोग गरिएकाे छ । कार्यक्रमका सहभागी हरुले अाफुले सिकेकाे सिपलाई ब्यवहारमा उतार्ने र अार्थिक अाम्दानी बढाउने बताएका छन । उद्यम बिकास कार्यक्रम अन्तरगत नगरपालिकामा यस अघि टिमुर खेती, मुडा बुनाई, बाख्रापालन,तरकारी खेति तालिम संचालन तथा प्रबिधि हस्तान्तरण गर्दै अाएकाे छ । कार्यक्रम पञ्चपुरीकाे वडा नं १, ४, ५, ६ र ११ मा संचालन भएको छ । कार्यक्रमकाे उद्यमिकास सहजकर्ता अनु भण्डारी र लक्ष्मी कुमारी पाैडेलले सहजिकरण तथा ब्यवस्थापन गरिरहेका छन ।
