महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि पाेषण सम्बन्धि ३ दिने तालिम अाज देखि चाैकुनेमा सुरु भएको छ ।
स्वास्थ्यचाैकी घाटगाउकाे अायाेजना तथा स्वास्थ्य शाखा चाैकुनेकाे समन्वयमा घाटगाउमा तालिमको सुरुवात गरिएको हाे ।
चाैकुने ९ र १० स्वास्थ्य स्वयंसेविका हरुकाे तालिममा सहभागीता रहेकाे छ ।
३ दिन सम्म संचालन हुने तालिममा कुपोषण भएका बालबालिका पत्ता लगाउने, पाेषण सम्बन्धि परामर्श दिने, राष्ट्रिय अभियानका कार्यक्रममा सहयोग गर्ने, कुनै पनि खतराका लक्षण देखिए अस्पतालमा जानकारी दिने बारेमा छलफल हुने अायाेजकले जनाएको छ ।
तालिमकाे सहजिकरण रङ्ग प्रसाद ढुंगाना र लक्ष्मण प्रसाद ढुंगानाले गर्नुभएको छ ।