लक्ष्मी लघुबित्तद्वारा मृतक सदस्यका परिवारलाई सहयोग,

26 पटक हेरिएको

लक्ष्मी लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाबियाचौर सुर्खेतले मृतकका सदस्यलाई सहयाेग गरेकाे छ । पञ्चपुरी नगरपालिका वडा नं ५ अन्तरगत केन्द्र नं २ को मृतक सदस्य चन्द्रा दर्लामीले लिएको रु ४ लाख कर्जा समेत संस्थाले मिनाहा गरेकाे छ ।

अाज एक कार्यक्रमका बिच पञ्चपुरी ५ का वडा अध्यक्ष हाेमबहादुर रामजाली र संस्थाका शाखा प्रमुख धनजय बुढाले संयुक्त रुपमा काज किरिया खर्च बापत थप २५ हजार समेत मृतकका श्रीमान निरकबहादुर दर्लामीलाइ हस्तान्तरण गर्नुभएकाे हाे ।

संस्थाले मृत आत्माको चीर शान्ति को कामना गर्दै परिवारजनमा समबेदना समेत ब्यक्त गरेकाे छ । संस्थाले बिगत देखि नै पश्चिम सुर्खेतमा बचत, कर्जा लगानी, उद्यमीलाई सहयाेग तथा बिमा सहयोग गर्दै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...