२२ असार सुर्खेत ।
किशोर किशोरीहरूको समग्र विकासका लागि १० दिने रूपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम बाबियाचौरमा सुरु भएको छ। आजदेखि सञ्चालनमा तालिममा नगरपालिकामा रहेका किशोरी समूहका २५ जना किशोरीहरूको सहभागिता रहेको छ । आवाज संस्था सुर्खेतको आयोजना युनिसेफ, टिडिएच जर्मन, बाल हेल्पलाइन र पञ्चपुरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको छ ।

तालिममा जीवन रुपान्तरणका विषयमा विभिन्न सीपहरू सिकाइने आवाज संस्था सुर्खेतका सुशील कार्कीले बताउनुभएको छ। तालिमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले १० दिनसम्म सञ्चालन हुने रूपान्तरण तालिमले नगरपालिकाले सञ्चालन गर्ने बालमैत्री नगरपालिका बालविवाह मुक्त नगरपालिका लगायतका अभियानलाई सहज हुने बताउनुभएको छ ।
तालिममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले समुदायमा किशोरीहरू आत्मा निर्भर हुन सकेमा सामाजिक परिवर्तन मा थप सहयोगले बताउनुभएको छ । साथै उहाँले किशाेरीहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह समेत गर्नुभएको छ ।











