ईलाका प्रशासन कार्यालय बाबियाचाैरबाट राहदानी वितरण हुने

21 पटक हेरिएको

 २२ असार-सुर्खेत

जिल्ला प्रशासन कार्यालय वीरेन्द्रनगर सुर्खेतबाट वितरण हुँदै आएको राहदानी (पासपोर्ट) अवदेखि ईलाका प्रशासन कार्यालय बाबियाचाैरबाट वितरण हुने भएको छ।

 नेपाल सरकार परराष्ट्र मन्त्रालय राहदानी विभागले जिल्ला प्रशासन कार्यालय, सुर्खेतलाई २०८१/०३/२१ गते पठाएको पत्रमा इलाका प्रशासन कार्यालय, बावियाचौर र इलाका प्रशासन कार्यालय, मेहेलकुनामा प्रत्यक्ष नामांकन गर्ने ठाउँ / स्टेशन (Live enrollment station) स्थापनाको लागि देहायको व्यवस्था यकिन गर्न र प्रत्यक्ष नामांकन गर्ने ठाउँ / स्टेशन (Live enrollment station) को लागि आवश्यक सामाग्री बुझ्न कर्मचारी समेत पठाइदिने व्यवस्था हुन अनुरोध गरिएको छ।

संघिय सांसद हृदयराम थानीकाे पहलमा सुरू भएकाे याे कामले अब सुर्खेतका बराहताल गाउपालिका चाैकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका  बासिन्दा राहदानी बनाउनको लागि वीरेन्द्रनगर जानुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...