पञ्चपुरी ७ मा पहिरोमा पुरिएर १ को मृत्यु १ जना घाइते,

176 पटक हेरिएको

पञ्चपुरी नगरपालिका वडा नं ७ मा पहिरोमा पुरिएर १ जनाको ज्यान गएको छ । बिहान करिब ७ बजेको समयमा डुब्रि खोलाको लामागडा नजिकै गएको सुख्खा पहिरोमा पुरिएर अछाम तुर्माखाद गाउपालिका ६ रानिबनका अन्दाजी बर्ष ७३ का अमृता जैशीको ज्यान गएको हो ।

पहिरोमा परेर सोही ठाउका बर्ष ६५ का रति कामी घाइते भएका छन । उनको टाउको निधार र हातमा चोट लागेको छ । अछाम देखि कैलाली जाने क्रममा पहिरोमा परेको स्थानियले बताएका छन ।

पहिरो अहिले पनि खसिरहेको हुदा पुरिएका जैशीको उद्धार गर्न कठिनाइ भएको वडा नं ७ छाप्रेका वडा सदस्य राम बहादुर बुढाले जानकारी दिएका छन । इलाका प्रहरी कार्यालय बाबियाचौर, प्रहरी चौकी छाप्रे र तुर्माखाद गाउपालिकाबाट प्रहरी टोली घटना स्थल पुगिसकेको छ ।

घटना को बिस्तृत बिबरण आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...