मोहन्याल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न,

कैलालीको मोहन्याल गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको आयोजना, प्रादेशिक सुशासन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ कैलालीको सहजीकरणमा सेवा प्रवाह र विकास निर्माणका बारेमा वडा नम्बर १ चायाभावरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

पालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष कमल साउदको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले गाउँपालिकाले गरेका विभिन्न गतिविधिहरुको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।                                                

सर्बेक्षणबाट भेटिएका नागरिकका असन्तुष्टिहरुलाई पहिचान गरि त्यसको समाधान खोजिने पालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष साउदले बताए । उनले गाउँपालीका र वडा कार्यालहरुमा स्रोत साधान र कर्मचारी अभावले सेवा प्रभावमा केही समस्या भएको स्वीकार गरे । उनले प्रत्यक्ष रुपमा राख्न र भन्न नसकेको र थाहा नपाएको बिषयबस्तुलाई सार्बजनिक सुनुवाइले चिरेको बताए ।

गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुबाट विभिन्न सूचकहरुमा सेवा प्रवाहको प्रभावकारिता बारेमा नेपाल पत्रकार महासंघ कैलालीको टोलीले स्थलगत रूपमा गतेको नागरिक सर्वेक्षण समेत प्रस्तुत गरिएको थियो ।

सार्वजनिक सुनुवाइका क्रममा नागरिकले शिक्षा ,कृषि, स्वास्थ्य र सडक पुर्वाधार,सिचाइ ,पर्यटन क्षेत्रको विकास ,पालिकाको प्रशासनिक भवन निर्माण ,भ्रष्टाचार मुक्त पालिका निर्माण लगायत बिभिन्न बिषयमा गुनासोहरु राखेका थिए ।

प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने भएता पनि नागरिकले सो अनुसार मोहन्यालमा नभएको भन्दै बिषयगत रुपमा वार्ड अध्यक्ष तथा पालिकाका उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृतहरुलाई आफ्ना गुनासा, सुझाव तथा प्रतिक्रियाहरु राखेका थिए ।                

यसैगरी गाउँपालीकाले गर्ने राजस्व संकलन पक्रिया निकै झन्जटिलो भएको, वडा कार्यालयमा कर्मचारीहरुको सेवा प्रवाहमा लापरबाही भईरहेको स्थानियहरुको गुनासो रहेको थियो भने, पालिकाले आगामी दिनमा सिपमुलक, आयमुलक तालिम दिनुपर्ने र समग्र बिकाशका निम्ति दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने स्थानियको सुझाब दिएका थिए ।                                                              

नागरिकबाट आएका गुनासोहरुको जवाफ गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष साउद र प्रमुख प्रशासकीय अधिकृत सार्कीले जवाफ दिएका थिएका थिए ।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी समाजसेवी लगायत स्थानियको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...