सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १० मा संचालन भएको १२ दिने महिलाहरुका लागि मकैको खोस्टाहरुबाट हस्तकलाका बिभिन्न सामाग्रीहरु उत्पादन गर्ने सिप बिकास तालिम आज सम्पन्न भएको छ । उत्तरगंगा सिप बिकास प्रशिक्षण केन्द्र बीरेन्द्रनगर सुर्खेतको आयोजना पञ्चपुरी नगरपालिकाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा १५ जना राजी समुदायका महिलाहरुको सहभागीता रहेको थियो ।
वडा नं १० का राजी समुदायका महिलाहरुको सिप बिकास गर्नको लागि मौरी पालन र सिप बिकास तालिम दिएको मध्यपश्चिम ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरका बिनोद लम्सालले जानकारी दिनुभएको छ । त्यसैगरी आज नै पञ्चपुरी १० कै राजी समुदायका १५ जनाइ २ ÷२ ओटा मौरी सहितका घार, मह छान्ने मेसिन लगाएतका सामाग्री समेत बितरण गरिएको छ ।
तालिम समापन कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले सिप सिकेका महिलाहरुलाइ रोजगारीमा लाग्न आग्रह गर्दै मेहनत गरेमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । स्थानिय कच्चा पदार्थलाइ प्रयोग गरि सामाग्री उत्पादन गरेर फाइदा लिन सकिने भएको हुदा यसका लागि सबैले सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ ।
राजी समुदायका महिलाहरुले मकैका खोस्टाबाट उत्पादन गरेका गिफ्ट सामाग्रिको बजारीकरणका लागि वडा र नगरपालिकाले पहल गर्ने समेत भण्डारीले बताउनुभएको छ । कार्यक्रममा वडा सदस्य पबित्रा कडारा बिक, वडा सचिब लक्ष्मीकान्त सन्याल, नेपाली कांग्रेस वडा नं. १० का सभापती बेदराज भण्डारी लगाएतको सहभागीता रहेको थियो ।