कमलबजारमा सुत्केरीसँग उपप्रमुख पोषण कोसेली वितरण कार्यक्रम,

18 पटक हेरिएको

रमिता बिक

सुत्केरीसँग उपप्रमुख पोषण कोसेली वितरण कार्यक्रम कमलबजार नगरपालिकाका १० वटै वडामा गरिएको छ। कमलबजार नगरपालिकाको आयोजना तथा नगर उपप्रमुख शारदा कुमारी बिष्टको नेतृत्वमा कमलबजार नगरपालिकाका १० वटै वडाका गर्भवती तथा सुत्केरी महिलाहरूसँग उपप्रमुख पोषण कोसेली कार्यक्रम अन्तर्गत पोषण स्वरूप एक क्यारेट अण्डा र एक लिटर तेल वितरण गरिएको छ ।

गर्भवती तथा सुत्केरी महिलाले मापदण्डअनुसार गर्भ जाँच गराउने, स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने जस्ता कार्यलाई प्रभावकारी प्रभावकारी बनाउने उद्देश्यका साथ कमलबजार नगरपालिकाले सुत्केरीसँग उपप्रमुख पोषण कोसेली कार्यक्रमलाई आयोजना गरेको जनाइएको छ।

सुत्केरीसँग उपप्रमुख पोषण कोसेली वितरण कार्यक्रम मा कमलबजार नगरपालिका वडा नम्बर १ का ४० जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन्। वडा नम्बर २ बाट ४० जना, वडा नम्बर ३ बाट ३५ जना, वडा नम्बर ४ बाट ५० जना, वडा नम्बर ५ बाट ४२ जना,वडा नम्बर ६ बाट ७२ जना, वडा नम्बर ७ बाट ३५ जना, वडा नम्बर ८ बाट ३३ जना, वडा नम्बर ९ बाट ३५ जना, र वडा नम्बर १० बाट ३३ जना, गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन्।

यस कार्यक्रमले सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सुत्केरीसँग उपप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको कमलबजार नगरपालिकाले जनाएको छ। यस्तै कार्यक्रममार्फत सुत्केरीलाई कोसेली तथा उपहारसँगै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने स्वास्थ्य संवेदनशीलताबारे अनुशिक्षण गराउने विश्वास गरिएको छ।

नगर उपप्रमुख शारदा कुमारी बिष्ट, सबै वडाका वडाध्यक्षहरू,बहुक्षेत्री पोषण प्रतिनिधि, उजुरी प्रशासक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी,लगायतको सहभागितामा प्रत्येक वडामा पुगेर कोसेली स्वरूप गर्भवती तथा सुत्केरी महिलाहरूलाई एक क्यारेट अण्डा र एक लिटर तेल वितरण गरिएको हो।

यसैबीच कमल बजार नगरपालिका बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषण मन्त्री स्थानीय शासन प्रवर्धन कार्यक्रम मा सुनौलो हजार दिनका आमाहरूलाई सरसफाई किट वितरण गरिएको छ
कमल बजार नगरपालिका बहुक्षेत्रिय पोषण शाखाद्वारा कमलबजार नगरपालिकाका १० वटै वडाका १० १० जना सुनौलो हजार दिनका आमाहरूलाई सरसफाई किट वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...