अछामको तुर्माखाद ५ कोल्ली नाडामा किशोरी समूह पुनर्गठन,

23 पटक हेरिएको

१९ असार, सुर्खेत
ईको हिमाल नेपालको सहयोगमा लक्ष्मी निवास आधारभूत विद्यालय तुर्माखाँद ५ कोल्ली नाडा अछाममा आज वृक्षारोपण गरिएको छ । त्यसैगरी विद्यालयमा अध्ययनरत किशोरीहरुको भेलाले किशोरी समूह पुनर्गठन समेत गरेको छ । जसको अध्यक्षमा बिमला बिक रहनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा मैसरा बिक, सचिव राधिका बिक कोषाध्यक्ष गीता शाही रहनुभएको छ । भेलाले सदस्यहरूमा राधिका बयक, पवित्रा बिक, निर्मला नेपाली, पुष्पा थापा, प्रेमकला नेपाली चयन गरेको छ । बालबालिकाहरूले आज विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको सो विद्यालयका स्रोत शिक्षक दुर्ग बहादुर बिसीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search